जनकपुर ।

महोत्तरीको गौशालामा एक नवविवाहित युवतिमाथि निर्घात कुटपिट भएको छ । 

मंगलबार गौशाला -५ निवासी ति युवतिलाई आफ्नो हालको श्रीमान पहिलेको श्रीमान ससुरा र नन्द मिलेर कुटपिट गरेका छन् ।

गौशाला नगरपालिका वडा न.५ निवासी ससुरा रामचन्द्र साह , हालको श्रीमान शैलेन्द्र साह, नन्द तुलसी साह र पहिलाको श्रीमान लालेन्द्र साह गरि चारै जना मिलेर कुटपिट गरेको युवतिले आरोप लगाएकी छिन ।  कुटपिटबाट युवतिको हात ,खुट्टा , टा उको र शरीरको विभिन्न भागको गम्भीर चोट लागेको छ  ।

ति युवतिको दुइ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो । 

यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो ।  सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए ।

शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन ।  त्यसपछी २ दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्र भएको थियो ।

विवाह भएको २४ घण्टा नबित्दै आज फेरी नन्द , दुवै श्रीमान र ससुरा  मिलेर युवतिलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । 

घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालयको टोलिले रामचन्द्र साहलाई पक्राउ गरेको छ ।  त्यस्तै युवतीको हालको श्रीमान शैलेन्द्र, नन्द तुलसी साह  र लालेन्द्र फरार रहेकोले उनीहरुको खोजि कार्य तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।

नन्द तुलसीको अनुसार आफ्नो जेठो दाइसंग विवाह भईसकेको भएता पनि फेरी युवतीले कान्छो भाईसँग विवाह गरेको निहुमा कुटपिट गरेको हो ।

पिडित युवतीले बिहे भएको दुइ घण्टा नाबित्दा नन्द आफुमाथि तथानाम गालि बेइज्ज