.
जनकपुर :
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।
.
बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।
.
सरकारमै रहेका दलहरूले संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी समाप्त गर्ने षडयन्त्र गरिरहेको भन्दै यादवले भने, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’
प्रतिनिधिसभामा १२ सिट भएपनि राष्ट्रय राजनीतिमा जसपाको भूमिका महत्वपूर्ण रहेको भन्ने नबिर्सिन उनले सत्तारुढ दललाई सेचत पनि गराए।
.
.
.
.
