जनकपुर ।
मिर्चैयाको एक निजी विद्यालयमा खाना राम्रो नभएको गुनासो गर्दा विद्यार्थी कुटिएका छन् ।
मिर्चैयामा अवस्थित ह्वाइट हाउस स्कूलमा होस्टेल बस्ने विद्यार्थीले खाना राम्रो नभएको गुनासो गर्दा विद्यार्थी कुटिएका हुन् ।
विद्यार्थीहरुले आइतबार राति खाना नभएको गुनासो गर्दा विद्यार्थी र विद्यार्थीका सञ्चालकहरुबीच घम्साघम्सी परेको थियो । त्यसपछि आज बिहान त्यहीँ निहुँमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटेका हुन् ।
शिक्षकको कुटाइबाट गणेशमानचारनाथ नगरपालिका वडा नं.७ उम्राटाेल गाेदारका रामशरण यादबकाे छाेरा आन्नद यादब ह्वाइट हाउस स्कूलमा होस्टेल बस्दै आएकाे र नर्सरी देखि पढदै आएकाे अहिले कक्षा १० मा पढदै आएका छन ।
शिक्षकले विधार्थि आन्नदलाई गुन्डा सैलिमा कुटपिट गरी घाइते भएका छन् । उनको मिर्चैयास्थित एक अस्पतालमा उपचार गरिएको छ । विद्यालयको ज्यादतीविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
विद्यार्थी कुट्ने शिक्षक श्रवण साह प्रहरीको नियन्त्रण रहेकोे र अरू दुई जना मान्छेले शिक्षक श्रवणलाई विद्यार्थी कुटपिटमा साथदिनेलाई खाेजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिबहादुर ओलीले बताए ।
मिर्चैयाका अधिकांश विद्यालयमा होस्टेलमा बस्ने विद्यार्थीलाई पशु सरह गुणस्तरहीन खानेकुरा दिने गरिएको छ ।
ad
Ad
Ad
Ad
