जनकपुरधाम – जनकपुरमा होली खेल्ने क्रममा भएको छुरा प्रहारमा एक युवकको ज्यान गएको छ।
जनकपुरधाम उपमहानगरपालिका-२३, बिन्धीमा छुरा प्रहारबाट १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो। उनी स्थानीय पप्पु यादवका छोरा हुन्।
यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहका अनुसार छुरा प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ, र घटनाको थप अनुसन्धान भइरहेको छ।
