काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी चैत १८ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरे सहितको टोली स्वीट्जरल्याण्डको जेनेभा जाने कार्यक्रमका कारण झन्डै एक साता बढी संसद् बैठक स्थगित भएको हो ।
आगामी चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४८ औँ सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछन् ।
