जनकपुर ।
धनुषामा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानिय र प्रहरी बिचको झडपमा तिनजना घाइते भएका छन् ।
हँसपुर नगरपालिका ५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानिय र प्रहरी बिचको झडपमा तिनजना घाइते भएका छन् ।
एक स्थानियको प्रहरी कुटाईबाट निधन भएपछि आक्रोसित स्थानियको भिड प्रहरी चौकी घेराउ गर्न पुगेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
सो क्रममा प्रहरीको गोली लागेर एकजना सहित झडपा तिनजना घाइते भएको स्थानिय तथा नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाले बताए ।
स्थानिय दिपा मण्डललाई विवादको घटनमा प्रकाउ गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेलहि प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।
मण्डलको निधन भएपछि आक्रोसित स्थानियहरु शुक्रवार बिहानै प्रहरी चौकी घेराउ गर्न पुगेको बताइएको छ ।
घटना स्थल तनाव ग्रस्त रहेको र प्रहरी नायक उपरिक्षक नेतृत्वको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

