जनकपुरधाम।
धनुषामा गत बुधबार राती मटकोर कार्यक्रममा आमा संगै हिडेकी एक नाबालिक मृत फेला परेकि छिन।
सवैला नगरपालिका ९ कुशमाहा सतोषर घर रहेको महेन्द्र यादवकी नातिनी राकेश यादवकी छोरी बर्ष ५ कि राखी कुमारी यादवलाई जवर्जस्ती करणी गरि घाँटी थिचेर मारेको अवस्थामा धनुषा प्रहरीले शव बरामद गरेको हो।
बुधबार रातिदेखी नै हराइरहेकी उक्त बालिकालाई खोजबिन गर्दै गर्दा गाउँ भन्दा ५०० मिटर पश्चिममा रहेको पोखरीबाट प्रहरीले बिहिबार राती ८ बजे शव बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीको डग टोलिले ती पोखरीको वरिपरि मात्र घुमिरह्दा इलाका प्रहरी कार्यालय युदुकुहाको प्रनी ले त्यही पोखरिमा मारेर फालेको हुन सक्ने भनी दिनभरी दमकलले पानी निकासगरि राती ८ बजे शव फेला पारेको हो ।
घटनाबारे अनुसन्धान गर्दै जादा अनुसन्धानको क्रममा घटनामा संलग्न त्यही ठाउको अन्दाजि बर्ष २५ र ३६ को दुई युवकले जवरजस्ती करणीपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको हो। घटनामा संलग्न दुबैलाई हिरासतमा लिइएको हो।
उनिहरुमाथी जवरजस्ती करणी तथा ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

