जनकपुर । हिन्दु धर्मावलम्बीहरुको उल्लासको पर्व दिपावलीमा पटाखा जलाउन धनुषा प्रशासनले रोक लगाएको छ ।
दिपावली पर्व मानिने तिहारमा विगतझैँ खुसियालीमा पटाखा जलाउँदै आएको छ ।
जिल्ला प्रशसान कार्यालय धनुषाले मँगलबार सूचना जारी गर्दै तिहारको नाममा पटाखा जलाउन रोक लगाएको हो।
धनुषा प्रशासनले तिहारको नाममा पटाख पडकाउने, आतिशवाजी गर्ने, जुवातास खेल्ने, प्रज्वलनशिल पदार्थहरु फुटाउनेलाई कारवाही गरिने जनाएको छ ।
सूचनामा देउसी भैलो समेत राती १० बजेसम्म मात्र खेल्न भनिएको हो ।

