जनकपुर । धनुषाको धनौजी गाउँपालिका -४ तरहीमा श्री डिवहार बाबा कल्याण समिति द्वारा दशैं,दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा बिपिन्न परिवारलाई आर्थिक सहयोग साथै सम्मान कार्यक्रम गरेका छ्न्।
सोही कार्यक्रममा धनौजी गाउँपालिका ४ तरहीमा बसोबास गर्दै आएका अन्जु देबी को श्री डिवहार बाबा कल्याण समिति र बिदेशमा बसेर काम गर्दै आएका युवाहरु मिलेर आर्थिक सहयोग र साथ-साथै बस्नलाई घर समेत बनाई दिएका छन् ।
त्यही कार्यक्रममा अन्जु देबीलाई आर्थिक सहयोगका रूपमा उपस्तिथि भएका ज्ञान ज्योति इङलिस बो. स्कुल धनौजीका प्रधानध्यापक दीपेन्द्र कुमार मंडल रु.१५००० र ईन्जिनियर छोटु मंडल रु ५१५१ आर्थिक सहयोग तथा उपस्थिति भएका गाउँपालिका अध्यक्ष राजकुमार साह ,वाडा अध्यक्ष रामशोभित मन्डल सहयोग गर्ने प्रस्ताव दिएका छ्न।।
कार्यक्रमको उपस्तिथि अध्यक्षतामा बाबा बिनोद दास र जितेन्द्र मन्डल समेत रहेका हुन् ।
