मुकेश ठाकुर
जनकपुर । महिला बालबालिका तथा सामाजिक न्याय समितिले मधेस प्रदेशको रौतहतस्थित प्रादेशिक अस्पताल गौरको आज सभापति रुपा यादवले अस्पतालको अनुगमन गरेका छन।
सेवा प्रवाहको अवस्था र व्यवस्थापकीय समस्या बुझ्ने उद्देश्यले समिति सभापति रुपा यादवले अस्पतालको अनुगमन गरेको हो ।
सो क्रममा उहाँले अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या एक महिनाभित्र केही हदसम्म सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।

सभापतिसँगै समिति सदस्य प्रदेश सभा सदस्य रानी तिवारी, प्रदेश सभा सदस्य किरण कुमारी साह,प्रदेश सभा सदस्य रन्जु कुमारी मण्डल,प्रदेश सभा सदस्यभाग्यश्री चौधरी र प्रादेशिक सांसद सहयोग परियोजना यु.एन.डि.पि.का प्रदेश संयोजक बिटु बाबु श्रीवास्तब सहितको टोलिले अनुगमनमा सहभागी भएका हुन् ।
अनुगमनमा प्रदेश सभा सदस्य नागेन्द्र साह,प्रदेश सभा सदस्य शोभा देवी साह पनि सहभागी हुनुहुन्थ्यो ।
अनुगमनमा पुग्नुभएका सभापति यादव सहितलाई अस्पतालका निमित्त मेसु राजेश सिंहले अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभाव रहेको जानकारी दिनुभयो भने प्रादेशिक सांसद सहयोग परियोजना कार्यक्रम यु.एन डि.पि को समन्वयमा गरिएको हो।