सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबीच भएको झडपको हप्तौं नबित्दै फेरि हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
आज (बिहिबार) पनि सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ स्थित गणेश चतुर्थीको मुर्ति सेलाउन जाने क्रममा झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। झडप नियन्त्रण गर्ने ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
झडपको क्रममा केही व्यक्ति घाइते समेत भएको र उपचारको लागि प्रदेशिक अस्पताल मलंगवामा पठाइएको स्थानीय बताए।

मुर्ति सेलाउने क्रममा हिन्दू समुदायमाथि मुस्लिम समुदायका केही व्यक्तिले घरको छतमाथिबाट तातो पानी र ढुंगा फालेको स्थानिय हिन्दू पक्षधरहरुको भनाइ रहेको छ ।
केही दिन अगाडि भएको झडप पस्चात दुई समुदायका बिच सदभाव कायम गर्न रैलि समेत निकालिएको थियो तर आज पुनः झडप भएको छ ।