जनकपुर – बारा–२ को उपनिर्वाचनका लागि जारी मतदानमा मुख्य चार प्रतिस्पर्धी मध्ये दुई जना उम्मेदवारले मतदान गर्न नपाउने भएका छन् ।
जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् ।
जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको र खरेलले काठमाडौँमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन् ।
तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।