.
जनकपुर ।
विराटनगर बरगाछी उत्तर खालि चउरमा रोकि राखिएको पुरानो एम्बुलेन्समा एक युवक मृत अवस्थामा फेला परेका छन्। पहिचान खुल्न नसकेका युवा एम्बुलेन्स भित्र मृत फेला परेका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेको छ । प्रहरीले मुचुल्का उठाई कोशि अस्पतालमा पोष्टमाटको पठाएको छ ।
अन्दाजी २०–२२ वर्षका जस्ता देखिने युवक केहिदिन अगाडी स्थानीयसँग खाने कुरा माग्दै हिड्ने गरेका थिए ।
प्रहरीले मृतक युवक लागुऔषध सेवनकर्ता हुनसक्ने आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको वास्तविकता खुलिनसकेको जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान गरिने भएको छ ।