.
जनकपुर :
महोत्तरीमा परीक्षा केन्द्रको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ।
जिल्लाको बलवा नगरपालिका-१० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका असइ ललनकुमार राय पटेलको मृत्यु भएको हो।
परीक्षा केन्द्रको सुरक्षामा खटिएका पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो।
यद्यपि उपचारको क्रममा उनको बिहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।
रौतहटको गौर नगरपालिका-२ का असइ पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए।
.
.
.