.
जनकपुरधाम ।
धनुषामा गएराती एक फर्निचर उद्योगमा आगलगी हुँदा करिब ५५ लाख मूल्य बराबरको क्षति भएको छ ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सखुवा रोडमा रहेको फर्निचर उद्योगमा आगलागी हुँदा करिब ५५ लाखको क्षति भएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।
आगोलाई मिथिला नगरपालिकाको वारुणयन्त्र, श्री श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो निभाइएको छ । आगो बुधवार राति करिब ९ बजे लागेको एक स्थानियले बताए ।
आगलगीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको छ । आगलागी के बाट भएको खुल्न सकेको छैनन ।
.
.