.
जनकपुर ।
अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ले अभिनेता प्रभासको फिल्म ‘बाहुबली २’को रेकर्ड तोडिदिएका छन् ।
निर्देशक सिद्धार्थ आनन्दको फिल्म पठानमा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमलगायत कलाकार छन् ।
फिल्मले ‘बाहुबली २’को रेकर्ड तोडिदिएको निर्देशक सिद्धार्थ आनन्दले ट्विटमार्फत जानकारी दिएका छन् । ‘पठानले बाहुबली २ को हिन्दी संस्करणको लाइफ टाइम कलेक्सन तोडेको छ ।
मेरो लागि यो गर्वको अवस्था हो । एकपटक पुनः दर्शकलाई दिन चाहन्छु, जसले यति धेरै माया दिए’, उनले ट्विटमा भनेका छन् ।
प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी र राम्या कृष्णनन स्टारर फिल्म ‘बाहुबली २’को हिन्दी भर्सनले बक्सअफिसमा करिब ५ सय ११ करोड कमाइ गरेको थियो । ‘पठान’ले रिलिजको ३८औं दिनमा बक्सअफिसमा ७० लाख रुपैंयाँ कमाएको थियो ।
व्यापार विश्लेषक तरण आदर्शका अनुसार पठानले हालसम्म बक्सअफिसमा ५ सय १० दशमलव ६५ करोड रुपैंयाँ कमाइसकेको छ । निर्देशक सिद्धार्थले भने फिल्मले ५ सय ११ करोड रुपैंयाँको आँकडा पार गरिसकेको दाबी गरेका छन् ।
.
.
.
.