.
जनकपुर ।
एक मोटरसाइलले अर्को मोटरसाइकललाइ ठक्कर दिदा एक युवकको घटना स्थलमै मृत्यु भएको छ ।
धनुषाको सवैला नगरपालिका ९ कुशमाहा सतोषर र गेरुवाहिको बिच परिक्रमा सडकखण्डमा उक्त दुइ मोटरसाइकल एकापसमाठोक्किदा उत्तर बाट दक्षिण दिशातिर आइरहेको मोटरसाइकलमा सवार युवाको घटनास्थलमै ज्यान गएको हो।
सो घटनामा ज्यान गुमाउनेमा सवैला नगरपालिका अ्मरखन्ना बस्ने चन्देश्वर यादवको छोरा बर्ष २३ को अजय कुमार यादव रहेकोतथा एकको खुट्टा पुर्ण रुपमा फ्रयाक्चर भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दिउसो १ बजेतिर भएको उक्त घटना उत्तरबाट दक्षिण दिशातिर जादै गरेको NS बाइकमा सवार सवैला नगरपालिका ७ चौरियामटहि बस्ने जितु ठाकुर बरहि र सोहि नगरपालिका वडा नं ५ मखनाहा बस्ने बर्ष २२ को सुरज मन्डलको अवस्था गम्भिर रहेकोधनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
घटनामा सवैला नगरपालिका १० कै बर्ष २५ को मनोज यादव र बर्ष२४ को रविन्द्र मन्डलको अवस्था भने सामान्य रहेको छ ।
.
.
.