.
जनकपुर ।
वीरगंज महानगरपालिकाकाे वडा नं. २० अपौनी चोकमा ट्रकले साईकललाई ट्रक ठक्कर दिदा एक जनाकाे मृत्यु भएकाे छ ।
ट्रककाे ठक्करबाट साईकलमा सवार अपाैनी निवासी नागेन्द्र ठाकुरकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार अपौनी चोक स्थित साेमबार सांझ ७:३५ बजेको समयमा बहुअरीबाट परवानीपुर तर्फ गईरहेको बा.प्र.०३-००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनी आफनो घर आउने क्रम्मा अपौनी चोकबाट दायां मोडदै गरेको साईकलमा सवार ठाकुरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।
ट्रककाे ठक्करबाट सडक किनाराको सिमेन्टको रेलिङ्गमा च्यापीइ ठाकुर गम्भीर घाईते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाहको कमाण्डमा ८० जनाको प्रहरी टोली खटी गई घाईते ठाकुरलाई उद्धार गरी नारायणी अस्पताल पुर्याएकाे थियाे ।
अस्पताल पुर्याइएकाे घाइते ठाकुरलाई चिकित्सकले ई.सि.जी. लगायतको जाँच गर्दा मुत्यु भईसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
ठक्कर दिने ट्रक र जिल्ला मकवानपुर थाहा नगरपलिका वडा नं. ४ पालुङ बस्ने ट्रक चालक रमेश गोम्बालाई कानुनी प्रकृया पुरा गरी वरामद तथा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।
.