.
जनकपुर ।
जनकपुर र विराटनगरबाट आजदेखि श्रम स्वीकृति लिन सकिने भएको छ ।
.
मन्त्रिपरिषद्ले यही पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आजदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
.
यसअघि, काठमाडौं तथा उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्र श्रम स्वीकृति लिन सकिने व्यवस्था थियो ।
सुर्खेत र धनगढीबाट भने प्राविधिक तथा भौतिक तयारीपछि श्रम स्वीकृति दिने व्यवस्था गरिने जनाइएको छ ।
.
.
.