.
जनकपुर ।
अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् ।
धनुषाको सबैला नगरपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ ।
.
नगरपालिकाका नगर प्रमुख कारिराम यादवले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।
उनले पत्रमा हाल कठ्याङ्ग्रिने जाडोको कारण पठनपाठनमा कठिनाई भएको हुँदा मंगलबारदेखि शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् ।

.
.
.
.