ad
जनकपुर ।
इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको छ ।
कर्पोरेशनले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ रुपैयाँका दरले मूल्य बढेकाे भने मट्टितेलमा भने केही घटेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । नयाँ मूल्य आजै रातिबाट लागू हुनेछ ।
यद्यपी नेपालमा भने निगमले तत्काल मूल्य नबढाउने जानकारी गराएको छ ।
हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँका दरले घाटा भएकाले पेट्रोल, डिजेल र मट्टिटेलकमा हुने केही नाफालाई गणना गर्दा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
तर हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य पुनः घटबढ हुने क्रममा रहेको, अझै इन्डियन कर्पोरेशनलाई १८ अर्ब रुपैयाँ ऋण तिन बाँकी रहेको र इन्धनको आपूर्ति सुचारु राख्न नेपालमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

Ad
Ad
Ad
Ad