Ad
जनकपुरधाम ।
धनुषामा पिकनिक मनाउन गएका युवाहरुको दुई समूहबीच झडप भएको छ ।
कमला नगरपालिका वडा नम्बर ६ सखुवा मडानस्थित पिकनिक मनाउन गएका कमला नगरपालिका वडा नं. ९ युवक र स्थानीय युवकबीच झडप भएको हो ।
Advertesment
अँग्रेजी नयाँ बर्ष २०२३ को अवसरमा पिकनिक मनाउन कमला नदीमा गएका वडा नं. ९ दुबरकोट हथलेटवाका युवाहरुले वडा नं. ६ सखुवा मडानका स्थानीयहरुले मोटरसाईकल (मोसा) मा आगो लगाईदिएको हो ।
दुबरकोटका युवकहरुले पिकनिक मनाउन जाँदा गहुँ उब्जाउने जमिनमा मोटरसाईकल स्टण्ट गरेपछि स्थानीय एक किसानहरुले जमिन नबिगारिदिन आग्रह गरेका थिए ।
तर, रक्सीले मातेका युवकहरुले गहुँ उब्जाउने जमिनमा मोटरसाईकल स्टण्ड नरोकेपछि आक्रोसित स्थानीयहरुसँग भनाभन भएपछि उग्र रुप लिएको थियो ।
स्थानीय किसानहरुले फसल उब्जाउने जमिनमा मोटरसाईकल चलाएर नबिगार्न आग्रह गरेपनि दुबरकोटका युवकहरुले बलपूर्वक गाडी चलाएपछि झडप भएको थियो ।
दुई पक्षबीच भएको झडपको क्रममा एक मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोही क्रममा स १ च १५०९ नम्बरको चारपाँग्रे गाडीमा समेत तोडफोड गरिदिएको हो ।
पिकनिक मनाउन गएको सो गाडीमा स्थानीय किसानहरुले झडपपछि गाडीमा तोडफोड गरिदिएको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार, सो झडपको क्रममा दुई मोटरसाईकलमा आगजनी गरी जलाएको हो । सो झडपमा आधा दर्जन युवक घाईते भएका छन् । न्यूज ब्यूरो