ad
जनकपुर ।
कैलालीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गौरीगङ्गा नगरपालिका ६ बनबेहडामा भएको दुर्घटनामा परी लम्की–चुहा नगरपालिका वडा नम्बर १ की ७३ वर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट लम्की तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
दुर्घटनाका घाइतेहरूलाई सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा उपचारका लागि पठाइएको छ ।
Ad
Ad
Ad
Ad
Ad