ad
जनकपुरधाम ।
काठमान्डौबाट जनकपुरको लागि उडेको बुद्ध एयर जहाज पुनः काठमान्डौ नै फर्किएको छ ।
साँझ ५ः२० बजेको लागि भनिएको बुद्ध एयरको यु–४ ५०७ नम्बरको एडिआर जहाज जनकपुरको आकाशबाटै पुनः काठमान्डौँ फर्किएको हो ।
Advertesment
साँझ ५ः२० बजेको बुद्ध एयरको सो जहाज बेलुकी ७ः३० मात्र उडान भरेको थियो । दुई घण्टा ढिलो गरी उडेको सो जहाज जनकपुरको आकाशबाट फर्किएको हो ।
जनकपुरधामस्थित एयरपोर्टमा भिजिबिलिटी नभएको भन्दै जहाज पुनः काठमान्डौँ फर्किएको बताईएको छ ।
जनकपुरको आकाशमा करिब १५ मिनेटसम्म गोलगोल घुमेको जहाज केही बरेपछि पुनः काठमान्डौको लागि फिर्ता भएको सोही जहाजका यात्रु सुरेन्द्र यादवले बताए ।
जनकपुर क्षेत्रमा मौसम खराब र बाक्लो हुस्सु लागेको छ । एयरपोर्टमा भिजिबिलिटी अन्त्यन्त कमजोर भएपछि जहाज फिर्ता भएको बताइएको छ । सभार: न्यूज ब्यूरो
Ad
Ad
Ad