ad
जनकपुर ।
सिराहाको मिर्चैयामा पाडोले बाली खाएको निहुँमा देवरले कु टपिट गर्दा भाउजूको मृत्यु भएको छ।
भैँसीको पाडोले बाली खाएको निहुँमा भएको झ गडामा देवरले कु टपिट गर्दा मिर्चैया नगरपालिका– ३ बलुवाटोलकी ४५ वर्षीया मनतुतदेवी यादवको बुधबार बेलुका मृत्यु भएको हो।
आफ्नै देवर रामदेव यादवको कु टपिटबाट गम्भीर घाइते भएपछि आफन्तको सहयोगमा उपचार र प्रहरीलाई खबर गर्न घरबाट निस्किएकी यादव गाउँबाट करिब पाँच सय मिटरको दूरीमा ढलेपछि नउठेको मिर्चैया प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरीले जानकारी पाएलगत्तै यादवलाई तत्काल मिर्चैयास्थित मंगलम अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
कु टपिटमा संलग्न देवर फरार रहेकाले खोजी गरिरहेको उनले बताए।
मृतक परिवारले बिहीबार अपराह्न मिर्चैया प्रहरीमा कि टानी जाहेरी ल्याएपछि शव पोस्टमार्टमका लागि पठाइने उनले बताए।
घरनजिकैको बारीमा भैँसी चराउन गएकी यादवलाई पाडोले आफ्नो बाली खाएको भन्दै घर फर्किएपछि बुधबार साँझ देवर रामदेवले निर्घात कु टपिट गरेको प्रत्यक्षदर्शीले जानकारी दिएको प्रहरीले जनाएको छ।
कु टपिटपछि ग म्भीर घाइते बनेकी उनलाई मिर्चैयातिर लगिएसँगै प्रहरीलाई पनि खबर भएपछि रामदेव फरार भएको गाउँलेले बताए।
Ad