ad
जनकपुर ।
जनकपुरस्थित समर हस्पिटलको लापरवाहीले एक विरामीको मृत्यु भएको छ । सवैला नगरपालिका–१३ प्रसाही बस्ने ३५ वर्षीया ममता देवी कापरको मृत्यु भएको हो ।
बच्चादानीमा समस्या भई मंगलवार दिउँसो समर हस्पिटल भर्ना भएकी ममताको राति ९ बजे अप्रेशन गरिएको थियो ।
अप्रेशनमा डाक्टरले गरेको लापरवाहीले विरामीको मृत्यु भएको मृतकका दिदी शोभा देवी कापरको आरोप छ । उनले राति १० बजेदेखि नै बहिनीको छटपटाउँदै गरेको भएपनि डाक्टरले हेरचाह नगरेको बताउनुभयो ।
मृतकका छोरा रुपेश कुमार कापरले आमाको मृत्यु भई सकेको अवस्थामा जवरजस्ती अस्पताल प्रशासनले लास एम्बुलेन्सलाई राखेर रेफर गरेको आरोप लगाएका छन् ।
आफुहरुलाई जवरजस्ती आमालाई जवरजस्ती अस्पताल बाहिर लैजान दवाव दिएको बताए । मृतकका जेठाजु अनुज कुमार दासका अनुसार स्वस्थ्य अवस्थामा अस्पताल भर्ना भएकी उनलाई अस्पतालकै लापरवाहीले मृत्यु जेठाजु अनुज कुमार दासले बताए ।
हिजो दिनभर काम गरेर आएकी ममताको अप्रेशन गर्दा भएको गडबडीले मृत्यु भएको बताए ।घटना पश्चात्त समर हस्पिटलमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
हस्पिटल भित्र संचारकर्मीहरुलाई प्रवेश निषेध गरिएको छ । पीडित परिवारको आर्थिक अवस्था नाजुक रहेको र मृतकका पति कतारमा भएकाले घटनालाई दवाउने प्रयास गरिएको छ ।सभार : kn khabar
Ad
Ad
Ad