ad
जनकपुर -
सिरहाको गोलबजार नगरपालिका १ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
८ किलो ८ सय ग्राम अवैध गाँजासहित मंगलबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका १ का ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ ।
अटो रिक्साको पछाडि भागमा लुकाई राखेको उक्त गाँजासहित फेला पारी अटो चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले पनि प्रहरीले जनाएको छ ।
Ad
Ad
Ad
Ad