Ad
जनकपुर —
राष्ट्रिय जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष चन्द्रकान्त(सीके) राउतलाई नै संसदीय दलको नेता चुनेको छ ।
बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई नै सर्वसम्मत पार्टीको संसदीय दलको नेता चयन गरेको हो ।
प्रत्यक्षमा आफूमात्रै जितेका राउतको जनमत पार्टीले समानुपातिकमा भने पाँच सिट जितेको छ ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले बहुमत ल्याउन नसकेको अवस्थामा जनमत निर्णायक बनेर सरकारमा जाने तयारीमा छ ।
महासचिव चन्दन राउतले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई सर्वसम्मत चयन गरेको बताए । ‘हाम्रो दलको नेता उहाँ नै हो ।
उहाँको विकल्प हुने कुरै भएन,’ उनले, ‘आज प्रक्रिया पुर्याएर उहाँलाई जिम्मेवारी दिइएको हो ।’
Ad
Ad
Ad
Ad