ad
जाकपुरधाम।
धनुषाको ढल्केबरमा बसले मोटरसाइकलमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजा गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको ज १२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार धनुषाको मिथिला विहारी नगरपालिका १ भुतहीपटेर्वाका ५८ वर्षीय चन्द्रीप यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
Ad
दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मण यादव गाम्भीर घाइते भएका छन् ।
उनको उपचार जनकपुरको काव्या हस्पिटलमा भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Ad
Ad
Ad
Ad
Ad