ad
जनकपुरधाम ।
सर्लाहीको रामनगर गाउँपालिका ६ मा एक जना सशस्त्र प्रहरी जवानमाथि गो ली प्र हार भएको छ ।
गो ली लागेर सोही गाउँपालिका ४ का ३० वर्षीय सुरेश साह घाइते भएका हुन् ।
साह काभ्रपलान्चोक १५ नम्वर गणमा कार्यरत छन् । घर आएका बेला उनीमाथि गो ली प्र हार भएको सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए । उनले साहलाई थप उपचारका लागि काठमाडौं पठाएको बताए ।
साहसहित चार जनासँगै खाजा खाइरहेका थिए । अचानक त्यही समूहका व्यक्ति उनीमाथि गो ली चलायो ।
२ जना फरार भएका छन् भने रामप्रवेश साहलाई नियन्त्रणमा लिएको डिएसपी यादवले बताए ।
सशस्त्र प्रहरी जवान साहले चिनजानकै व्यक्तिलाई ४ लाख रुपैया दिएको थियो ।
सो रुपैया लिन उनी आएका थिए । रुपैयाकै विषयमा विवादपछि गो ली हानेको हुनसक्ने डिएसपी यादवको भनाई छ ।
Ad
Ad
Ad