Ad
जनकपुर ।
प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई पक्राउ गरेको छ ।
अहिले रामगोपालपुरबाट जिल्ला प्रहरी कार्यालय लगिएको छ । एसपी कृष्ण पङ्गेनीले सवारी साधन तोडफोड गरेपछि नियन्त्रणमा लिइएको बताएका छन् ।
ad
दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलन सुरु गरेकी थिइन् ।
नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा सडक आन्दोलन सुरु गरेकी थिइन् । उनीसँगै कुमारी आमा निहारिका राजपुत पनि थिइन् ।
उनीहरु विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलन सुरु गरेकी थिइन् ।
Ad
Ad
Ad
Ad