Ad
जनकपुरधाम ।
जनकपुर बमकाण्डका मुख्य योजनाकार रहेको आरोपमा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’की बहिनी अनिता कुमारी साह जनमत पार्टीबाट सांसद बन्ने भएकी छन् ।
जनमत पार्टीको केन्द्रीय कमिटी बैठकले मधेशी क्लस्टरबाट अनितालाई मधेस प्रदेशसभा सदस्यमा सिफारिस गरेको हो ।
महोत्तरीमा बिहे भएको अनिताको श्रीमान रामबाबु साह जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख हुन् ।
उनको माइत धनुषा र ससुरा महोत्तरी रहेपनि नागरिकता भने कैलालीबाट लिएको निर्वाचन आयोगको रेकर्डमा देखिएको छ ।
आयोगले प्रकाशित गरेको समानुपातिक सूचीमा उनको नागरिकता ३७९ कैलाली र मतदाता नम्वर २४४७४९७८ रहेको छ ।
जनमत पार्टीमा लामो समयदेखि लागेकाले समानुपातिक सूचीमा राखिएको र अहिले नाम सिफारिसमा परेको एक नेताले बताए ।
Ad
Ad
Ad
Ad
Ad