ad
जनकपुर ।
महाकाली नदीमा भारतीय हस्तक्षेपको विरोध गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ ।
वैद्यनिकट अखिल क्रान्तिकारीले भारतीय दूतावासअगाडि विरोध गरेका छन् ।
त्यस्तै धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतनिकट क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास कार्यालय अगाडि पुगेर दार्चुलामा नेपाली नागरिकमाथि भएको ज्यादतीको विरोध गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला फोटो जलाइएको छ ।
प्रदर्शनकारीले ‘भारतीय हस्तक्षेप बन्द गर, हाम्रो भूमि मिच्न पाइँदैन- हेपाहा छिमेकी चाहिँदैन’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।
Ad
Ad
Ad
Ad