Ad
जनकपुरधाम ।
जनकपुरधामको विभिन्न ठाउँबाट मोटरसाईकल चोरी गरी भाग्दै गर्दा रँगेहात तीन जना पक्राउ परेका छन् ।
मँगलबार बिहान करिब १०ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ सँकटमोचन मन्दिर नजिक पार्किङ गरि राखेको अनटेस्ट निलो रँगको पल्सर मोटरसाईकल चोरी गरी भाग्दै गर्दा मोटरसाईकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
त्यस्तै, जनकपुरधामको पिडारीचोक र रामानन्दचोकको बीचमा रहेको बागवानिबाट पिकेट टोलिले मोसा चोरी गरी भाग्दै गरेको अवस्थामा पल्सर मोटरसाईकलसहित जिल्ला महोत्तरी लोहरपट्टी नगरपालिका वडा नम्बर २ मध्येपुरटोल बस्ने अन्दाजी वर्ष १९ को शंकर कुमार दासलाई पक्राउ गरिएको हो ।
यस्तै, जनकपुरधामै पगलाबाबा धर्मशाला नजिकबाट पार्किँग गरी राखिएको ज ६ प ७९३१ नम्बरको मोसा चोरी आरोपमा दुई युवक पक्राउ परेका छन् ।
बिहानै करिब ४ः०० बजेको समयमा जिल्ला धनुषा जनकपुर ८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा मँग्लबार करिब १ बजेको समयमा चोरी भएको ज ६ प ७९३१ नम्बरको मोटरसाईकल लिई भाग्दै गरेको अवस्थामा बृहत्तर स्थितबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम ८ बस्ने वर्ष १९ को दिप नारायण मुखिया र जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष १९ को सुजित सदालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तिनै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ ।
Ad
Ad
Ad