ad
जनकपुर ।
धनुषाको पुर्व पश्चिम राजमार्ग अन्तर्गत बिरेन्द्रबजारमा जन्ती बोकेको गाडिलाइ बिपरित दिशाबाट आइरहेको गाडीले ठक्कर दिदापांच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जनाको अवस्था गम्भीर रहेको छ।
शनिबार बिहानै धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्रबजारको पुर्व पश्चिम राजमार्गमा पुर्व दिशाबाट आउदै गरेकोना.१ज. ८२९३ नम्बरको विंङ्गरलाइ बिपरित दिशाबाट आउदै गरेको ज.१ छ. १४९६ नम्बरको पिकअपले ठक्कर दिदा दुर्घटना भएकोहो।
विङ्गरमा सवार धनुषाको मुखियापट्टी मुसहरनिया ४ बस्ने बर्ष २९ को रुबि साह,धनौजी गाउपालिका ४ बस्ने बर्ष २५ को अब्दुलमंशुरी,महोत्तरी रामगोपालपुर ७ ससौला बस्ने जिबछ यादबको बर्ष १७ कि मन्जु कुमारी साह संगै साहकै बहिनी अन्दाजी बर्ष १३ किसिर्जना साहको घटना स्थलमै मृत्यु भएको हो भने मुखियापट्टी मुसहरनिया ४ कै संजय साहको अवस्था गम्भीर रहेको बुझिएको छ।
घटनास्थलबाट अन्य गम्भीर घाइते लगायत अन्यको बिबरण खुल्न सकेको छैन।
घाइतेहरुको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीलेजनाएको छ ।
Ad
Ad
Ad
Ad
Ad