जनकपुर ।
अमेरिकाको डलासमा भएको एयर शोका क्रममा दोस्रो विश्वयुद्धका दुईवटा विमान आपसमा ठोक्किएपछि चारैतिर धुवाँको मुस्लो छाएको थियो ।
दुवै विमानमा ६ जना सवार रहेका वायुसेनाले जनाएको छ । विमानमा सवार सबैको मृत्यु भएको बताइए पनि अधिकारीहरुले भने यसको पुष्टि भने गरेका छैनन् ।
वासिङटन डिसी : अमेरिकाको डलासमा भएको एयर शोका क्रममा दोस्रो विश्वयुद्धका दुईवटा विमान आपसमा ठोक्किएपछि चारैतिर धुवाँको मुस्लो छाएको थियो ।
दुवै विमानमा ६ जना सवार रहेका वायुसेनाले जनाएको छ । विमानमा सवार सबैको मृत्यु भएको बताइए पनि अधिकारीहरुले भने यसको पुष्टि भने गरेका छैनन् ।
विमान दुर्घटना शनिबार दिउँसो १:२० मा भएको थियो ।
दुवै विमान ठोक्किएको भिडियो सामाजिक सञ्जालमा हाल भाइरल भइरहेको छ । भिडियोमा देख्न सकिन्छ कि एयर शोको क्रममा एउटा विमान एकदमै छिटो आउँछ र अर्को विमानसँग ठोक्किन्छ । यसपछि दुवै विमानका केही टुक्रा हावामा खसेको देखिन्छ । विमानहरू जमिनमामा ठोक्किने बित्तिकै विस्फोट हुन्छ र धुवाँको मुस्लो देखिन्छ।
फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले यो दुर्घटनामा दोस्रो विश्वयुद्धको समयका दुई प्लेन रहेको जनाएको छ ।
यी मध्ये एउटा बोइङ बी-१७ फ्लाइङ फोर्ट्रेस हो र अर्को बेल पी-६३ किङ्कोब्रा हो। एफएए अनुसार अनुसन्धान एजेन्सी र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गर्नेछ।
एयर शो को समयमा २ अक्टोबर २०१९ मा पनि विमानस्थलमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो।
सो समयमा छानबिन टोलीले पाइलटको गल्तीले दुर्घटना भएको जनाएको थियो। दैनिक भास्कर