ad
जनकपुर :
भक्तपुरको सल्लाघारी डा. इवामुरा मेमोरियल अस्पताल नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सल्लाघारीबाट सैनिक स्कुलतर्फ आउँदै गरेको बा ७ च ०८१५ नं को कारले सैनिक स्कुल हुँदै सल्लाघारीतर्फ जाँदै गरेको बागमति प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय सन्दिप बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनापछि बस्नेतलाई नजिकै रहेको डा.इवामरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
कार चालक २० वर्षीय आयुष कायस्थलाई प्रहरीको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Ad
Ad
Ad
Ad