जनकपुरधाम ।
विहिबार महोत्तरीको पररियामा भएको दुई समुदायबीचको झडपमा एक युवकको हात काटिएको छ ।
विहिबार दिउँसो हिन्दु सम्राट सेनाले निकालेको शोभायात्राको क्रममा दुई पक्षीय झडपको क्रममा प्रहरीको गोली लागेर एक जनाको हात काटिनु परेको हो ।
स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले चलाएको गोली लागेर भँगहा नगरपालिका वडा नम्बर ८ पररिया बस्ने बर्ष १९ को मो. ईन्तीयाज राईनको हात काटिएको हो ।
दुईतर्फा झडपको क्रममा स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको थियो । दर्जनौ राउण्ड आश्रुग्यास प्रहार सहित प्रहरीमाथि समेत पत्थरबाजी भएपछि प्रहरीले आदेशानुसार गोली चलाएको थियो ।
प्रहरीले चलाएको गोली लागेर राईन घाईते भएका थिए । उनको जनकपुरको एक अस्पतालमा विहिबार नै हात काटिनुपरेको बताइएको छ । गोली लागेर उनको दाहिने हातको सबै नशा र हड्डी क्षतविक्षत भएको थियो ।
भँगहा ८ पररिया क्षेत्रमा अहिले प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा लगाएको छ ।
ad
Ad
Ad
Ad
Ad