जनकपुरधाम ।
मुरली प्रसाद यादव
सिरहामा छठ पर्वको केरा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज बिहान ५ बजेको करिब दुर्घटना भएको हो ।
भनटा बारीबाट केरा लिएर आउने क्रममा कल्याणपुर नगरपालिका १० स्थित नवकाटोल र प्रचिलबा सडक खण्डमा ना अ प अ ११० नम्बरको ट्याक्टर दुर्घटना भएको मिर्चैया प्रहरीले जनाएको छ ।
पत्रकार मुरली प्रसाद यादवको अनुसार लगातार २४ घन्टादेखि ट्याक्टर चलाएको निद्राको कारण दुर्घटना भएको छ ।
दुर्घटनामा परी सिरहाकै कलयाणपुर नगरपालिका ४ महुलिया निवासी २६ बर्षीय चालक कमल यादव (छेदु ) र कलयाणपुर नगरपालिका ११ निवासी ५२ बर्षीय व्यपारि दुखीया साहको मृत्यु भएको छ ।
दुर्घटनामा चालक र केरा ब्यापारिको दुर्घटना स्थानमै ज्यान गएको पत्रकार मुरली प्रसाद यादवले जनाएको छ ।
थप अनुसन्धान आउन बाकी...
ad
Ad
Ad