Ad
जनकपुर ।
पञ्जाबको मोहालीको एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ ।
भिडियोमा एक युवकले मानिसहरुको भीडमा हावामा गोली हानेको देखिन्छ ।
प्रहरीले उक्त भिडियोलाई लिएर फायर फाइटर शुभम राजपुतको रूपमा पहिचान गरेको छ। अहिले उनीविरुद्ध हातहतियार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ ।
प्रहरीका अनुसार शुभम राजपुत मोहालीको सेक्टर ८२ को खरार क्षेत्रमा बस्छन्। उनका बुबा सहरका ठूला बिल्डर हुन्। शुभमले नयाँ बेन्टले कार किनेका थिए ।
यही खुसीमा उनले खुलेआम फायरिङ गरे । उनको पछाडी उभिरहेका मानिसहरु भिडियो बनाउँदै गरेको देखिन्छ । उक्त भिडियो अहिले भाइरल बनेको छ ।
भिडियो हामीकहाँ पुगेपछि छानबिन भयो ।
Ad
Ad
Ad