Ad
जनकपुरधाम :
दसैं अवधिमा मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर ४ बालबालिकासहित २८ जनाले ज्यान गुमाएका छन्।
असोज १५ गतेदेखि २० गतेको अवधिमा १ सय ६२ वटा सवारी दुर्घटना हुँदा ३१३ घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।
शनिबारदेखि बिहीबारसम्म भएको सवारी दुर्घटनामा १५ जना पुरुष, ९ महिला र ४ बालबालिकाको मृत्यु भएको छ। त्यस्तै ३१३ जना घाइते भएका छन्।
घाइते हुनेमा २ सय ८ जना पुरुष, ५३ महिला र ५२ बालबालिका छन्।
बारामा सबैभन्दा बढी २० जनाले ज्यान गुमाएका छन्। जसमा १० जना पुरुष, ८ जना महिला र २ जना बालबालिका रहेका छन्।
दुर्घटनामा परेर ५० जना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै रौतहटमा ३, महोत्तरीमा २, सिरहा, धनुषा र सर्लाहीमा १-१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।
प्रहरीले यस अवधिमा विभिन्न २ हजार ५ सय ९० वटा सवारी साधनलाई कारबाही गर्दा १८ लाख २१ हजार राजश्व संकलन गरिएका प्रवक्ता तिम्सिनाले जानकारी दिए।