Ad
बिबेक कुमार महतो, जनकपुर ।
महोत्तरीमा दुई मोटरसाईकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ। भने एक जना ग म्भिर घाइते भएको छ ।
बुधबार राती करिब ११ बजेको समयमा महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका वडा नम्बर ३ स्थित खुट्टा जाने बाटोको चौरमा लोहरपट्टी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८को शलेन्द्र यादव सवार ज २ प ३८९४ मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको सोही ठाँउ बस्ने मुदिन नदाफको छोरा वर्ष २६ को नसिब नदाफ सबार प्रदेश–२–०२–००५प ५८०० नम्बरको अपाचे मोटरसाईकल एक आपसमा ठकर दिदा दुईटै मोटरसाईकल चालक घाइते भई उपचारको लागि जनकपुर स्थित गोदाबरी हस्पिटलमा पठाएको प्रहरीले जनाएको छ ।
घाइते नसिब नदाफको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad