जनकपुर :
सल्यानमा मन्दिर जान लागेको जिप दुर्घटना भएको छ। जिल्लाको खैराबाङ मन्दिर दर्शन गर्न यात्रु लिएर गएको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ भने १७ जना घाइते भएक छन्।
सल्यानको कुमाख गा.पा.७ जिमाली डुमकोटबाट शारदा न.पा.११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्न जाँदै गरेको रा.१ ज.७९८ नं.को जिप उकालोमा दुर्घटना भएको हो। ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल जिप खसेको हो।
दुर्घटना कुमाख गा.पा. ७ डुमकोट बस्ने ३९ वर्षीय मान ब.पुन र सोही ठाउँ निवासी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनएको छ। अन्य १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइतेको उपचार जिल्ला अस्पताल सल्यानमा भैरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
ad
Ad
Ad
Ad
Ad
Ad