जनकपुरधाम।
पछिल्लो समयमा मधेशमा नेता कार्यकर्ता भित्र्याउन अभियान नै चलाएको नेकपा एमालेलाई धनुषा जिल्लामा ठुलो झटका लागेको छ ।
नेकपा एमाले सल्लाहकार परिषदका सदस्य गंगा राम यादव दलबल सहित जनता समाजवादी पार्टीमा प्रवेश गरे पछि एमालेलाई धनुषामा झटका लागेको हो ।
धनुषामा समाजसेवीको रुपमा परिचित यादव नेकपा एमाले संगको ४० वर्षको यात्रालाई विराम दिदै सोमवार पार्टीबाट राजिनामा गरेका थिए ।
जसपा सुप्रीमो उपेन्द्र यादव आफै धनुषाको शहीद नगर पुगेर गंगाराम यादवलाई पार्टीमा भित्र्याएका छन । गंगाराम यादव संगै हजारौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन ।
नवप्रवेशी यादवलाई जसपाले धनुषा २ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने तयारी गरेको छ ।
ad
Ad
Ad
Ad
Ad
