जनकपुर ।
सत्ता गठबन्धनमा सिट बाँडफाँडको रस्साकस्सी चलि रहेकै बेला धनुषा २ जसपाको पोल्टामा जाने पक्का भएको छ ।
बालुवाटारमा जारी गठबन्धनको बैठकमा सहभागी जसपाका एक नेताका अनुुसार धनुषा २ जसपालाई छोडनेमा सहमत भै सकेका छन ।
धनुषामा २ वटा सिटको दावी गरे पनि क्षेत्र नं. २ पक्का भै सकेको र अन्य एउटा क्षेत्रमा समेत सकारात्मक परिणाम आउने सम्भावना रहेको उनले बताए ।
धनुषा २ मा जसपाले भोली पार्टी प्रवेश गर्न लागेको गंगाराम यादवले टिकट पाउने पक्का जस्तै देखिएको छ ।
अस्ती मात्रै एमाले परित्याग गरेको यादवलाई पार्टीमा भित्र्याउन जसपा सुप्रिमो उपेन्द्र यादव आजै साँझ जनकपुरधाम आउन लागेका छन ।
अध्यक्ष यादवले टिकट दिने गरि नै गंगाराम लाई पार्टीमा भित्र्याउन लागेको स्रोतले जनाएको छ । भोली विहीवार शहिदनगरमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा हजारौ समर्थक सहित गंगाराम जसपामा प्रवेश गर्न लागेका हुन ।
Ad
Ad
Ad
Ad