जनकपुर ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले सबैलामा मसला जुलुस निकालेका छन ।
लोसपाले सबैलाको बजार लगाइत चौकमा जुलुस रेयलि निकालेको हो ।
लोकतान्त्रिक समाजबादी पार्टी नेपालका क्षेत्रीय अध्यक्ष धनेश्वर मिश्रले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।
ad
Ad
Ad
Ad
Ad
Ad