जनकपुरधाम–
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज जनकपुरधाम आउने भएको छ ।
ओली धनुषाको तिनकौरियामा आयोजना गरी विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको बुझिएको छ ।
ओली आउने भएपछि हिजो साँझ धनुषाको तिनकौरिया बजारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एस संयुक्त रुपमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।
हातहातमा मशाल बालेर उनीहरुले राष्ट्रपति विद्या देवी भण्डारी विरुद्व नारावाजी गरेका थिए ।
ओलीको ईशारामा चल्ने राष्ट्रपति विद्या भण्डारी मुर्दावाद सहितका नारा गुञ्जिएको थियो । मशाल जुलुसमा माओवादी केन्द्रका प्रदेश र जिल्लाका नेताहरुको बाक्लो उपस्थिती थियो ।
जुलुस प्रदर्शनमा माओवादीका नेताहरु दिपक यादव, पुर्व मेयर उदय बरबरिया, बिदेह नगरपालिकाका प्रत्यासी मेयर राजकिशोर यादव, वाइसीएल केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज अनिल पासवान लगायतका नेताहरुको उपस्थिती थियो ।
आज लोसपाका सचेतक उमाशंकर अरगरिया सहितका नेताहरुलाई पार्टी प्रवेश गराउन लागेको हो ।
यता, आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एमाले नेता संजीव झा सुरजले जनाए ।
ad
Ad