जनकपुर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेपछि सिरहाको कसहामा जनमत पार्टीले सडकमा टायर बालेर प्रदर्शन गरेको छ ।
मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।
संसदको दुवै सदनबाट पहिलोपटक पास भएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन्। उनले नागरिकता विधेयकमा आफ्नो राय प्रस्तुत गरेर फिर्ता पठाएकी थिइन्।
फिर्ता आएको विधेयक पुनः संसदको दुवै सदनबाट हुबहु पास भएको थियो।
ad
Ad
Ad
Ad
Ad
Ad