जनकपुर :
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका-१६ का ३० वर्षीय माधव श्रेष्ठ रहेका छन्।
जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २-०२-००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे नियन्त्रण गुमाएर पल्टिँदा उनी घाइते भएका थिए।
घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए।
ad
Ad
Ad
Ad
Ad
Ad