मधेश।
रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरको पुजारीलाई गोली हानेर भागेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
देवाही गोनाही नगरपालिका–१ करुनिय घर भएका मोहमद कासिम उर्फ शेख विकाउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुँवरले बताए ।
२०७७ भदौ ३ मा ६५ वर्षीया पुजारी श्रीराम शाहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो । दुई वर्षपछि पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
त्यस्तै, लागु औषध मुद्दामा फरार रौतहटको यमुनामाई गाउँपालिका घर भएका राम नरेश शाह कानुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
४० वर्षीय कानुलाई भदौ २४ मा पक्राउ गरिएको इन्स्पेक्टर कुँवरले जानकारी दिए ।
ad
Ad
Ad
Ad
Ad